The Mirror Desk,
वासिंटन, विश्वभर आइफोन एकदम मन पराइन्छ। एक अरब भन्दा बढीले आइफोन प्रयोग गर्छन। कयौँ धनी व्यक्तिहरु एप्पल उपकरणको प्रशंसक पनि हुन्, तर यो सूचीमा अरबपति बिल गेट्स भने अट्दैनन। सामाजिक सञ्जाल क्लबहाउस गेट्समा भएको एक अन्तर्वार्ताको क्रममा बिल गेट्सले आफू आइफोन नचलाउने बताएको ग्याजेट्सनाउले लेखेको छ। बिल गेट्सलाई आइफोन भन्दा एन्ड्रोइड फोन मन पर्ने र उनले कामको लागि एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्ने खुलासा गरेका छन्।
‘म वास्तवमा एन्ड्रोइड फोन प्रयोग गर्छु किनकी मलाई हरेक कुराबारे ट्रयाक राख्नु पर्छ,’ अन्तर्वातामा बिल गेट्सले भने, ‘कहिलेकाहीँ आइफोन पनि चलाउने गर्छु तर मैले बोक्ने फोन एन्ड्रोइड नै हो’। आइफोन नचलाउनुको अर्को कारण त्यसमा माइक्रोसफ्ट सफ्टवेयर सजिलै इन्स्टल नहुनु हो। एन्ड्रोइड फोनबाट काम गर्न सहज हुने उनले बताए। उनी भन्छन्, ‘एन्ड्रोइड फोनको अपरेटिङ सिस्टममा कुनैपनि सफ्टवेयर सजिलै जोडिन्छ तर आइफोनको आइओएसमा यो कुराको झन्झट छ।’

ग्याजेट्सनाउका अनुसार एप्पलले आफ्नो आइओएस १४ अन्तर्गत आइफोनलाई सबै सफ्टवेयर र एपका लागि अनुकुलन बनाएको छ। यसको एप स्टोरमा पनि माइक्रोसफ्टका एपहरु उपलब्ध छ। बिल गेट्सले अन्तर्वार्ता दिएको एप क्लबहाउस आइफोनको एप स्टोरबाट मात्र डाउनलोड गर्न पाइन्छ र एन्ड्रोइडमा भने यो एप उपलब्ध छैन।
[ref-ftimes]
अन्तमा यो पनि…
अहिले ‘सिधाकुरा-जनतासंग’ रविको नयाँ तव नआउने…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020