The Mirror
कोलम्बियन पपस्टार शकिरा र बार्सिलोनाका चर्चित फुटबलर जेरार्ड पिकेबीच सम्बन्ध विच्छेद भएको छ। दुवै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै १२ वर्षदेखिको सम्बन्धलाई टुंग्याउने जनाएका छन।
दुबैले विज्ञप्तिमा भनेका छन, ‘हामी अलग हुँदैछौं भनेर जानकारी गराउँदा खेद व्यक्त गर्दछौं, हाम्रो मुख्य प्राथमिकता हाम्रा बालबच्चा हुन् र उनीहरुको गोपनीयताको सम्मान गर्न हामी आग्रह गर्दछौं’।
सन् २०११ देखि सम्बन्धमा रहेका ४५ वर्षीया शकिरा र ३५ वर्षीय पिकेका दुई सन्तान छन। सन् २०१० मा दक्षिण अफ्रिकामा फिफा विश्वकप प्रतियोगिता सुरु हुनु केहीअघि मात्र यी दुईबीच भेट भएको थियो। प्रतियोगिताको अफिसियल गीत ‘वाका वाका (दिस टाइम फर अफ्रिका)लाई शकिराले गाएकी थिइन् भने पिके फिचर्ड थिए।
शकिराले अहिले कर छली मुद्दाको सामना गरिरहेकी छन। गत मे २६ मा अदालतको फैसला शकिराको विपक्षमा आएको थियो। विपक्षीहरुले लगाएको आरोप अनुसार सन् २०१२ देखि २०१४ सम्म उनले कमाएको १५.५४ मिलियन डलर कर छली गरेको उल्लेख छ।
[ref-onlinekhabar]
अन्तमा यो पनि…