uml

‘बुढिगंगाको १ नम्बर वडामा एमाले विजयी, मेयरमा एमालेकै अग्रता’

National News News

The Mirror

बाजुराको बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा विजयी भएका छन।

कांग्रेसका उम्मेदवार लोगबहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन। विजयी रणबहादुर थापाले ३ सय ५३ मत ल्याएका थिए, भने लोगबहादुर थापाले ३ सय १८ मत ल्याएका हुन।

सो वडाबाट मेयरमा एमालेले ३ सय ५० मत र कांग्रेसले ३ सय ३८ मत पाएकाे छ। उपमेयरमा एमालेले ३ सय ५० कांग्रेसले उपमेयरमा ३ सय ३८ मत पाए। १३ सय २६ मतदाता रहेको वडामा ८ सय ३१ मत खसेको थियो। २०७४ को स्थानिय चुनावमा यो वडा नेपाली कांग्रेसले जितेको थियो।

बाजुराको बुढीगंगा मेयरमा एमालेको अग्रता कायमै

बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ। वडा नं १ र १० को १२०० मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँले ६२० मतसहित अग्रस्थानमा छन। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रंग खातीले ५१६ मत ल्याएका छन।

उपमेयरमा एमालेकी माया कुँवरले ६१५ मत प्राप्त गर्दा कांग्रेसकी रीता शाहीले ५२८ मत ल्याएकी छिन। हाल गणना भइरहेका दुईवटै वडाका वडाध्यक्षमा पनि एमालेका उम्मेदवार अगाडि छन।

[ref-pathivara]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *