CPN UML

बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा दुवै पदमा एमाले विजयी

National News News

The Mirror

बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा दुवै पदमा एमाले विजयी भएको छ। मेयर पदमा एमालेका रामबहादुर बानियाँ विजयी भएका छन। उनले ४ हजार ७ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन।

उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रंगबहादुर खातीलाई १ हजार ३ मतान्तरले पछि पार्दै बानियाँ मेयरमा निर्वाचित भएका हुन। खातीले ३ हजार ७७४ मत प्राप्त गरे।

यस्तै, उपमेयरमा एमालेकी माया खड्काले ४ हजार ७२७ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्दी रिता शाहीले ३ हजार ७५५ मत प्राप्त गरिन्।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गरेको थियो।

[ref-annapurna]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *