Baburam Bhattarai meet Prime Minister Oli in Baluwatar at midnight

‘बेलाबेलामा सपनामा झसङ्ग भएर ब्युँझिन्छु’

National News News

The Mirror

लामो समयको बिबाद र कलहपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उपेन्द्र यादबको पार्टी जसपाबाट बाहिरीए।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणदेखि जनता समाजवादी पार्टी जसपासम्म आइपुग्दा आफ्नो राजनीतिक बालुवाको घर बनाए जस्तो भएको टिप्पणी गरेका छन।

उनको पार्टी जसपा विभाजन भएको स्वीकार गर्दै डा. भट्टराईले यस्तो बताएका हुन।

डा. भट्टराईले २०७३ सालमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा नयाँ शक्तिको स्थापना गरि त्यसलाई बिघटन गरेर उपेन्द्र यादबको पार्टी जसपामा बिलय भएका थिए।

फेरि अहिले पनि उक्त पार्टीबाट निष्काशनमा परेपछि उनि फेरि एकपटक बाटो बिराएर लक्ष्यविहीन अवस्थामा पुगेका छन।

भट्टराईले निकै निरास मुद्रामा भने, ’हामी कता कता लडखडाइरहेजस्तो, बाटो बिराए जस्तो, लक्ष्यविहीन भएजस्तो अवस्थामा छौँ, म पनि बेलाबेलामा सपनामा झसङ्ग झसङ्ग भएर ब्यूझिन्छु’।

उनले थपे, ‘हामी कुन यात्रामा हिँडेका थियौँ, कहाँ जाँदै थियौँ, जुन उत्साहका साथ हामी लाग्यौँ, कतै हामीले बाटो त बिराएनौँ, गल्ती त गरेनौँ कहीँ हामी थाक्न त थाकेनौँ, हरेस त खाएनौँ भन्ने मलाई पनि बोध हुन्छ’।

डा बाबुराम भट्टराई पक्ष जसपाबाट बहिरिएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो तर्फबाट ३ जना मन्त्रीहरु परिबर्तन गरेका छन।

[ref-pathivaradaily]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *