लण्डन, करिब एक बर्षको पर्खाइ पछि मानिसमा आएको खुशी एकाएक मलिन भएको छ। बेलायतमा कोभिड-१९ को खोप लगाएका दुइ जना बिरामी परेपछि खोप को प्रभाबकारिता र बिस्वस्नियता माथिनै प्रश्न चिन्ह उठेको हो। जर्मन कम्पनी फाइजर ले उत्पादन गरेको सो खोप अब के हुन्छ भन्ने बारेमा बहस हुन थालेको छ। गत मंगलबार मात्र खोप लिएका उनीहरुलाई एलर्जी भएको थियो। यस्तो समस्या देखिय संगै बेलायतको औषधि तथा स्वास्थ्यसेवा नियामक निकायले कुनै प्रकारकको एलर्जी भएका वा हुने मान्छेहरूले उक्त खोप लिन उपयुक्त नहुने बताएको छ। उक्त निकायले कुनै पनि औषधि, खाना वा खोपबाट एलर्जी हुनेलाई खोप नदिन अनुरोध गरेको हो। अबदेखि खोप लिन सहभागी हुनेहरुलाई एलर्जी भएको वा नभएको भनेर सोधिने छ।
निर्देशक स्टेफेन पोविसले भने, ‘पहिले एलर्जी भएका दुई जनामा खोपले एलर्जीका असर देखाएको छ। दुवै जनाको स्वास्थ्य सुधार भइरहेको समाचारमा जनाइएको छ। बेलायतले मंगलबारदेखि फाइजरले बनाएको खोप लगाउन सुरु गरको थियो।[ref-int’l media]