बेलायतमा देखिएको नयाँ भाइरस नेपालमा पनि भेटिएको पुस्टि

National News News

The Mirror Desk,

काठमाडौँ, गत महिना बेलायतबाट नेपाल आएका केही व्यक्तिहरुमामा कोरोनाभाइरस को नयाँ स्वरुप (न्यु भेरिअण्ट्स) देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। त्यो बेला बेलायतबाट फर्किएकामध्ये छ जनामा (कोभिड-१९) पुष्टि भएको थियो र पछि तीन जनाको नमुना हङ्‌कङस्थित प्रयोगशालामा पठाइएको थियो। उनीहरू ६७ र ३२ वर्षका दुई पुरुष र २८ वर्षीया एक महिला हुन्।

”नयाँ प्रजातीको भाइरसको संक्रमण हो-होइन भन्ने पुष्टि गर्नका लागि मिति २०७७ पुष २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो । उक्त नमूनाहरुको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई ई–मेल मार्फत २०७७ माघ ५ गते प्राप्त भएको र ३ जनामा नयाँ प्रजातीको भाइरसको संक्रमण पुष्टि भएको छ”। उनीहरु तीनै जनामा ‘न्यु भेरिअण्ट्स’ कोरोना देखिएपनि कुनैमा पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ।

[ref-bbc]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *