बेलायतलाई आधार बनाएर सामाजिक कार्यमा सक्रिय राजन

National News

काठमाडौँ विश्वविद्यालय बाट जनरल मेडिसिन सकाएर २०१० मा बेलायत प्रवेश गरेका खकुराल आफ्नो व्यापार व्यवसाय संगै समाजसेवामा पनि उत्तिकै सक्रियता जनाउँदै आएका छन् । एनआरएनए यूके युथ लिडर अवार्ड बाट सम्मानित खकुराल काठमाडौंमा सम्पन्न हुने गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउदै आईरहेका छन् 

यहाका नेपालीहरु सामु निकै लोकप्रिय र परिचित राजन खकुराल स्थापना काल देखि बुद्द फाउण्डेशन यूकेका कोषाध्यक्ष रही खकुरालको अग्रणी भूमिकामा निर्माणाधिन कपिलवस्तु वृद्दाश्रमको लागि बुद्द फाउण्डेशनले २०१७ यता करिब ३० हजार पाउण्ड सहयोग नेपाल पठाएको छ । हरेक बर्ष ट्राफल्गर स्क्वायरमा मनाइने बुद्द जयन्ती सफल हुनमा खकुरालको अग्रणी भूमिका छ।

लण्डनको विश्वप्रसिद्द लर्डस् रंगशालामा नेपाल र एमसीसीबीच भएको ऐतिहासिक क्रिकेट प्रतियोगितामा खकुरालले टिकेटिङ कोअर्डिनेटिङको भूमिका निर्वाह गरेका थिए । त्यस्तै लर्डस् खेलमैदानमै भएको नेपाल, नेदरल्याण्ड र एमसीसी बीचको त्रिकोणात्मक क्रिकेट प्रतियोगितमा पनि राजन खकुरालको भूमिका कम रहेन । हरेक बर्ष खेलाइने लण्डनको ग्रीनवीचमा हुने “ग्रीनवीच कप” भलिबल प्रतियोगिताको पनि उनले सन् २०१५ देखि २०१७ सम्म लगातार रुपमा संयोजन गरेका थिए भने उनी सन् २०१८ बाट भने ग्रीनवीच मेलाको सहसंयोजक रहेका छन् ।

एनआरएनए आइसीसी अन्तर्गतको कोष परिचालन विभागको सचिव समेत रहेका उनको संयोजनमा अप्रिल २०२०मा धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षाको सामाग्री प्रदान गरेको थियो ।

राजनको संयोजनमा मे २०२०मा धादिङका ११८ विपन्न परिवारलाई दुई चरणमा गरेर करिब ३ लाख रूपैंयाँ बराबरको खाद्यान्न सहयोग गरिएको थियो । उनको सहयोग अपिलमा मे २०२० मा धादिङका एन्जल तामांगको उपचार खर्चको लागि रु१,३१,३०६ आर्थिक सहयोग रकम हस्तान्तरण गरियो ।

खकुरालको संयोजनमा जुनमा धादिङका विभिन्न स्वास्थ्य केन्द्रमा डिजिटल हेल्थ क्याम्प सम्पन्न गरि, गाउँमा रहेका दिर्घरोगी, बृद्धबृद्धा, महिलामा हुने स्वास्थ्य समस्यबाट करिब ७०० जना बिरामीहरु लाई विशेषज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

खकुराल अहिले एनआरएनए युके को सल्लाहकार तथा अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्ताका रुपमा प्रवासमा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *