British Prime Minister Boris Johnson's third marriage

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गरे तेस्रो विवाह

International News

The Mirror Desk

लामो समयको सम्बन्ध पछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार एउटा सानो र निजी समारोहबीच प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका छन।

बेलायतमा कोरोना भाइरसको महामारीका कारण ठुला ठुला समारोहमा बन्देज गरिएका कारणले उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा ३० जना मात्रै सहभागी भएको एक सानो समारोहमा उनीहरुको बिबाह सम्पन्न भएको हो।

जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन्। बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो।

प्रधानमन्त्री जोन्सन अहिले ५६ वर्षको भएका छन् भने उनकी नयाँ श्रीमती ३३ वर्षकी भएको जनाइएको छ। जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो।

[ref-nagarik]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *