बेलायती महारानीका पति राजकुमार फिलिपको ९९ बर्षको उमेरमा निधन

International News News

The Mirror Desk,

बेलायती महारानी एलिजाबेथ द्वितीयालाई पति शोक परेको छ। महारानीका पति राजकुमार फिलिपको शुक्रबार ९९ वर्षको उमेरमा विन्डसर क्यासलमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ।

रानीले गहिरो दुःखका साथ उनका श्रीमान् ड्युक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी राजदरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राजदरबारमा ब्रिटिस झन्डा आधा झुकाइएको छ।

उपचारका क्रममा एक महिना अस्पतालमा बिताएपछि ड्युक गत १६ मार्चमा आफ्नो निवास विन्डसर क्यासल फर्किएका थिए। टेन डाउनिङ स्ट्रिटमा बोल्दै प्रधानमन्त्री बोरिस जोन्सनले भने, ‘ड्युकको निधनको समाचार सुन्दा साह्रै दुःखी भएको छु, ड्युकले अनगिन्ती युवाहरूको जीवनलाई प्रेरित गरेका थिए ’।

BBC का अनुसार राजकुमार फिलिप र महारानी एलिजाबेथका चार सन्तान, आठ नातिनातिनी छन् र १० जना पनातिपनातिनी छन्।

दोस्रो विश्वयुद्धको बेला फिलिप सैन्य सेवामा भर्ती भएका थिए। उनी रोयल न्याभीमा थिए । एलिजाबेथ भ्रमणमा आउँदा भेट भयो। दुवैबीच सन् १९४७ मा विवाह भयो। विवाहको पाँच वर्षपछि एलिजाबेथलाई बेलायतको राजगद्दी सम्हाल्ने जिम्मेवारी आएको थियो।

फिलिप ग्रिसको कोर्फु द्वीपमा १० जुन सन् १९२१ मा राजपरिवारमा जन्मिएका थिए। उनी एक वर्षको हुँदा ग्रिसमा क्रान्ति भयो। त्यहाँको अदालतले उनका पितालाई ग्रिसबाट निकाला गरिदियो । त्यसपछि उनीहरू बेलायत पुगेका थिए।

[ref-kantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *