बेहोश भएका बेला छोरीले बुवाआमाको ४ करोड नगद र सुन चोरेपछि…

National News News

The Mirror Desk,

ललितपुरको सानेपामा बस्दै आएकी ८४ वर्षीया वृद्धा शोभा रिजाललाई आफ्नै छोरीले अलपत्र पार्लिन् भन्ने कहिल्यै लागेको थिएन। छोरीको सहारामा बुढेसकाल बिताउने उनको अपेक्षा थियो।सुगरको बिरामी रहेका शोभाका श्रीमान् कमल रिजाल बेला–बेलामा बेहोश हुन्थे।

बुवा बेहोश भएको मौका छोपेर सुष्माले माछापुच्छ्रे बैंक, सिर्जना फाइनान्स र अरनिको सहकारीमा बाट ४ करोड ४४ लाख रुपैयाँ नगद लुटेर लागिन र २२ तोला सुन र चाँदीका भाँडाकुँडा समेत आफ्नो हात पारिन्। आमाले भनिन, ‘म बिरामी र श्रीमान बेहोश भएको समयमा उसले कीर्ते गरेर सबै ४ करोड ४४ लाख पैसा लगेर गईछ र सबै २२ तोला सुन र चाँदीका सामानहरू पनि लगिछ’।

सम्पत्ति अंशबण्डा गर्ने समयमा बुवा–आमा र अपाङ्गता भएकी जेठी दिदीलाई हेरचाह गर्ने भनेर बुवा–आमाको मृत्युपछि मात्र उनको नाममा हुने भनिएको थियो। तर उनले बुवाको मृत्यु हुनुभन्दा अगाडि नै कीर्ते गरेर पैसा तथा सम्पत्ति आफ्नो नाममा सारिसकेकी रहिछन्। पाठेघरको समस्या रहेकी शोभाले उपचारका लागि पैसा चाहियो भन्दा सुष्माले दिन मानिनन्।

प्रहरीले भनेको थियो, ‘घरको समस्या हो, तपाईंहरू मिलाउनुस्, सुष्मालाई पनि सम्पत्ति खाएपछि बुवाआमा हेर्ने दायित्व हो, सेवा गर्नुस् भनेका थियौं’। तर सुष्माले उल्टै जिल्ला अदालत काठमाडौंमा उक्त उजुरीविरुद्ध ‘स्टे अर्डर’ मागेर मुद्दा दर्ता गरिन्।

जिल्ला अदालतले सुष्माको माग दाबी खारेज गरेर पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले सुष्मालाई थापाथलीबाट पक्राउ गरेको थियो। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *