The Mirror
हलिउड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नी एम्बर हर्डविरूद्ध मानहानीको मुद्दा जितेपछि अर्का हलिउड अभिनेता ब्राड पिटले पूर्वपत्नी एन्जेलिना जोली विरूद्ध मुद्दा हालेका छन।
ब्राडले आफ्नो मिराभल वाइन्सको व्यवसाय र प्रतिष्ठामा पूर्वपत्नी एन्जेलिनाले क्षति पुर्याउने प्रयास गरेको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेका हुन।
एन्जेलिनाले अभिनेता तथा पति ब्राड पिटविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्। उक्त आरोप गलत प्रमाणित भएको बताइएको छ।
सन् २००४ मा एन्जेलिना र ब्राडको भेट ‘मिस्टर र मिसेस स्मिथ’ फिल्म छायांकनका बेला भएको थियो। त्यसपछि उनीहरूको भेट प्रेममा बदलियो र सन् २०१४ मा उनीहरूले बिहे गरे।
बिहे भएको दुई वर्षपछि नै मनमुटावका कारण एन्जेलिना र ब्राड एकअर्काबाट टाढिए।
सन् २०१९ मा दुबैले आफूहरू अरू कोहीसँग सम्बन्धमा दाबी गरेका थिए।
उनीहरूका ६ छोराछोरी छन्। १९ वर्षीय म्याडोक्स जेठा छोरा हुन्। उनीपछि १७ वर्षीय प्याक्स, १६ वर्षीय जाहारा, १४ वर्षीय शिलो र १२ वर्षीय जुम्ल्याहा नक्स र भिभिन्नी छन्।
सन् २०१६ मा ब्राड पिटमाथि बाल दुर्व्यवहारको आरोप लागेको थियो। उक्त केस एफबिआइले हेरेर आरोप गलत साबित गरेको थियो।
[ref-setopati]
अन्तमा यो पनि…