Ramkumari jhakri

‘भगौडा जर्नेल र हरिया सर्पहरुलाई कमान्डर मान्न सकिँदैन’:-झाँक्री

Breaking News National News News

The Mirror Desk

सिन्धुलीमा आयोजित कार्यक्रममा एमाले बाट टुक्रिएको माधब नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुलाई भगौडा जर्नेल भन्दै तिब्र आक्रोश ब्यक्त गरेकी छन।

उक्त कार्यक्रममा झाँक्रीले दोबाटोमा बसेर यसो पानी छाम्दै गरेकाहरुलाई हेरेर पार्टी नबन्ने बताइन्, ‘जब युद्धबाट भागेका जर्नेलहरुलाई ल्याएर फेरि सिपाहीहरुले उसलाई नै कमाण्डर भन्छ भने त्यो कमजोर सिपाही हो’।

‘तपाईं युद्धबाट भागेका, युद्ध अपराधी जस्ता मान्छेहरुलाई आज पनि नेता मान्न प्रतीक्षा गर्नुहुन्छ ? म चाहिँ मञ्जुर छैन, संकटको बेलामा पिठ्यूँ फर्काएर भाग्नेहरुलाई किमार्थ माफी गर्नुहुन्न’ उनले भनिन।

विगतमा माधव नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा अहिले नेकपा एमालेमै फर्केका छन।

उनको आक्रोश थियो, ‘विचार समूहको हिसाबले आफूहरुलाई लामो समय कन्फ्युजनमा राख्ने, तिमीहरुसँगै छौं भन्नेहरुले नै अहिले हरियो घाँसमा बसेका हरियो साँपले झैं सबभन्दा धेरै डस्ने काम गरेका छन’।

झाक्रीले भनिन, ‘वडा तहबाट के पी ओलीको कम्पनी भत्किने क्रम अबको सात महिनासम्म्म निरुन्तर चलिरहेने छ, त्यसको गति सुस्त सुस्त पनि हुनसक्छ, जब ८ महिनापछि प्रदेश र संघको चुनाव तोकिन्छ, खड्ग ओलीको पार्टीमा सामान्य विद्रोह होइन, पहिरो जान्छ र पुरै पतनको बाटोमा गएर पार्टीको अस्तित्व नै समाप्त हुन्छ’।

[ref-onlinekhabar]

अन्तमा यो पनि
MCC ठिक छ, पारित गरेर देखाईदिन्छौ- झाक्री

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *