baburam bhattarai

भट्टराईलाई निर्बाचन आयोगको चेतावनी, ‘हामी तपाईंलाई कारबाही गर्छौ’

National News News

The Mirror

निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

मतदान गर्ने क्रममा मत संकेत समेत देखाएर खिचेको तस्बिर सार्वजनिक भएपछी उक्त विषयलाई लिएर ‘कारबाही किन गर्नु नपर्ने’ भनेर आयोगले स्पष्टीकरण सोधेको हो।

आयोगले भट्टराईलाई सोधेको छ, ‘यहाँलाई मतदान गर्ने क्रममा मत संकेत गर्ने ठाउँमा कोही अर्को व्यक्तिलाई साथ लैजानु हुँदैन भन्ने जानकारी थियो/थिएन, यहाँ देशको पूर्वप्रधानमन्त्री र जिम्मेवार दलको नेताले मत संकेत गर्ने गोप्य कक्षमा के कसरी कुनै अर्को फोटो खिच्ने व्यक्ति साथ लानुभएको थियो, यहाँले मोबाइल वा क्यामेरा के कसरी गोप्य कक्षमा लानु भयो’?

आयोगले सोधेको छ, ‘मत संकेत गर्ने गोप्य कक्षमा फोटो खिच्ने कुनै सामग्री लान नहुने र मत संकेत गरेको मतपत्रको फोटो खिच्न नहुने कानुनी व्यवस्थाको अवज्ञा गर्दै के कति कारणले निसिद्ध स्थानमा लान नमिल्ने सामग्रीमार्फत फोटो लिन लगाई सो फोटो सार्वजनिक गर्नु भएको हो’?

भट्टराईलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ७ को उपदफा २ बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनेर आयोगले प्रश्न गरेको छ।

पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ पेस गर्न आयोगले उनलाई समय दिएको छ।

भट्टराईले मतदान गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत सार्वजनिक गरेका थिए।

उनले सार्वजनिक गरेको तस्बिरमा मत संकेत प्रस्ट देखिएको छ। उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन…

‘गोरखा पानपास्थित अन्नपूर्ण माविको बुथमा बिहान ८:२५ बजे मतदान गरेर लोकतान्त्रिक अधिकार र कर्तव्य निर्वाह गरियो। सबैले मतदान गरौँ, स्थानीय लोकतन्त्र सुदृढ गरौँ’

[ref-ekantipur]

Leave a Reply

Your email address will not be published. Required fields are marked *