prachanda

‘भरतपुरका काँग्रेसले रेनुलाई भोट नहाले देश दुर्घटनामा जान्छ’

National News News

The MIrror

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यदि भरतपुरका काँग्रेसले रेनुलाई भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन्।

सत्तागठबन्धनले चितवनमा गरेको चुनावी सभामा बोल्दै प्रचण्डले यस्तो भनेका हुन्।

उनले स्पस्ट रुपमा भने, ‘यदि हँसिया हतौडामा नेपाली कांग्रेसले भोट हाल्दिनँ भन्यो भने देश दुर्घटनामा जान सक्छ’।

उनले ०७४ मा रूखवालाहरुले हँसिया हतौडामा भोट हाल्न असजिलो मानेपछि आफू वामगठबन्धन बनाउँदै एमालेसँग चुनावी तालमेलका लागि पुगेको प्रचण्डले बताए।

उनले भने, ‘हालिदैन हँसिया हतौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ, यो राष्ट्र र जनताको आवश्यकता हो, लोकतन्त्रको आवश्यकता हो भनेर उत्साहपूर्वक रेनु दाहाल र चित्रसेन अधिकारीलाई भोट दिएर विजयी गराउने हो भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिवद्धता व्यक्त गर्दछु’।

उनि अघि बोलेका कांग्रेस नेताहरूले रेनुलाई मेयर जिताउने तर कांग्रेसलाई धोका नदिन प्रचण्डलाई आग्रह गरेका थिए।

यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए। नेकपा हुँदा आफू र माधव नेपालले पार्टीमा ७० प्रतिशत पुर्‍याएर ओलीलाई अध्यक्षबाट हटाएको दाबी उनले गरेका थिए।

उनले सहमति, सहकार्य र एकता आजको आवश्यकता भएको बताए। एमसिसी लगायत विभिन्न बहानामा हाम्रो गठबन्धन तोड्ने षड्यन्त्र भए पनि त्यो सफल हुन नदिने उनले बताए।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *