Jagannath Paudel

भरतपुरका काँग्रेस बिद्रोहीको अडान, ‘म ब्याक हुन्न, रेनुजी पछि हट्दा बढी न्याय हुन्छ’

National News News

The Mirror

भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेललाई फकाउन नेताहरुको दौडधुप जारी छ। उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म चितवन पुगेका छन।

राज्यमन्त्री श्रेष्ठले आज बिहान पौडेललाई उनकै निवासमा पुगेर भेटेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरे।

तर पौडेल भने उम्मेदवारी फिर्ता नलिने अडानमा अहिलेसम्म कायमै छन। राज्यमन्त्री श्रेष्ठलाई भेटिसकेपछि अनलाइनखबरसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नलिने बरु चुनाव चिह्न पाएपछि १७ गतेदेखि घरदैलो अभियान सुरु गर्ने बताए ।

आफूले भन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुने उनले बताए।

तपाईंले फिर्ता गर्दिए राजनीतिक संकट पूरा हुन्छ भन्नुभयो। मैले भनें- म एउटा सानो मान्छे, मैले एउटा नागरिकको हिसाबले एउटा अधिकारको प्रयोग गरेको हुँ। मसरहका ३२ जना त्यहाँ छन् नोमिनेसन गर्ने। त्यसलाई तपाईंले त्यही रुपमा लिनुस् न। असाधारण रुपमा यो के भयो भनेर तरंग उत्पन्न हुने गरी किन गर्नुपर्यो।

यसलाई सामान्य हिसाबले लिनुपर्‍यो। यो केन्द्रले मलाई गराएको पनि होइन, केन्द्र यसमा संलग्न पनि छैन। केन्द्र गठबन्धनमा संलग्न भएको छ, गठबन्धनको पक्षमा जिल्ला कमिटी लागेकै छ। केही मान्छे लाग्ने लागेकै छन् ।

म स्वतन्त्र रुपमा हिंडेको छु। मलाई पनि मान्छे ठिक हो भनेर लाग्ने मान्छेहरु मसित लाग्या छन्। यो त डेमोक्रेसीमा भइहाल्छ। यसलाई हामीहरुले धेरै उचाल्नुपर्ने, यसले धेरै उतार चढाव सिर्जना गर्यो भन्नुपर्ने अवस्था केही छैन भन्ने कुरा हो।

मेरो हिसाबमा मैले रुखको विरुद्धमा, चारतारे झण्डाको विरुद्धमा नोमिनेसन होइन । खाली हँसिया हथौडामा भोट हाल्ने कुरामा म सहमत छैन। मेरो यसमा अलग दृष्टिकोण छ भनेर मैले भनेको छु।

यो पार्टीको अनुशासनको उल्लंघन होइन तर नेपाली कांग्रेसको विधानले नै रुख चिह्नमा भोट हाल भनेर आफ्ना कार्यकर्तालाई भन्दैन भने केन्द्रले नै कांग्रेसको त्यो आधारभूत सिद्धान्त पालना गरेको छैन भन्ने मेरो व्याख्या छ।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *