renu dahal

भरतपुरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा घाइते

National News News

The Mirror

भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन। शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो।

उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको छ।

टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ।

रेनुकी बहिनी गंगा दाहालका अनुसार दुर्घटनामा परेर घाइते भएकी रेनुलाई अस्पताल लगेर ‘सिटीस्क्यान’ गरिएको छ।

‘टाउकोको बाहिरी भागमा मात्रै चोट लागेको चिकित्सकहरूले बताउनुभएको छ,’ उनले भनेकी छन्, ‘अहिले डिस्चार्जको तयारी भइरहेको छ।’

रेनुको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै गंगाले बताइन।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *