renu dahal

भरतपुरको मेयरमा रेणु दाहाल विजयी

National News News

The Mirror

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्दनको तर्फबाट नेकपा माओवादीकी रेनु दाहाल विजयी भएकी छिन।

एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन।

सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन। भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा निर्वाचन परिणाम भने अझै सार्वजनिक गरेको छैन।

प्राप्त विवरणअनुसार दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए ।

उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए।

अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याइन। गुरूङलाई एमालेको समर्थन थियो। मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७ सय २८ मत आएको छ।

मतदानको अघिल्लो दिनसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दौडधुप देख्दा धेरैले सोचेका थिए, माओवादीलाई यसपटक भरतपुरको मेयर गुमाउनुपर्छ कि भन्ने ठूलो डर छ।

डराउनु स्वाभाविकै पनि थियो यसपटक पनि माओवादी केन्द्रलाई मेयर पद दिँदा गठबन्धनको मुख्य दल नेपाली कांग्रेसभित्र ठूलो असन्तुष्टि थियो।

कांग्रेसका असन्तुष्ट समूहको नेतृत्व गर्दै पुराना नेता जगन्नाथ पौडेलले मेयरमा आफ्नो उम्मेदवारी दर्ता गरेका थिए। उनको उम्मेदवारी फिर्ता लिन पूरै राज्यसत्ता भरतपुर ओर्लिएको प्रतीत हुन्थ्यो। जगन्नाथलाई मनाउन स्वयं प्रचण्डको दौडधुप कम्ता थिएन।

[ref-ekantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *