nepali congress

‘भरतपुरको मेयर काँग्रेस आफैंले राख्न सक्दो प्रयास गर्छ’

National News News

The Mirror Desk

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको मेयर काँग्रेस आफैंले राख्न सक्दो प्रयास गर्ने बताएका छन।

गत शुक्रबार साँझ बालुवाटार पुगेको नेपाली कांग्रेस चितवनका नेताहरूले शेरबहादुर देउवालाई भेटेर भरतपुरको मेयर पद गुम्न नदिन आग्रह गरेका थिए।उनीहरुले चितवनमा कांग्रेसको अवस्थाबारे देउवालाई जानकारी पनि गराएको थियो।

जिल्ला सभापति राजेश्वर खनाल, चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरूङ, दिनेश कोइराला, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, प्रदेश सांसद गीता वाग्ले, नेताहरु उत्तम जोशी, जगन्नाथ पौडेललगायत सहभागी रहेको टोलीलाई देउवाले सकेको प्रयास गर्ने वचन दिएका थिए।

देउवाको भने, ‘मैले सबैलाई मिलाएर लैजानुपर्ने छ तै पनि भरतपुरको मेयर कांग्रेसलाई नै पार्न म पनि सकेको प्रयास गर्छु, मलाई पनि थाहा छ हामीभन्दा अरू कमजोर छन तर गठबन्धन हो, सबैको चित्त बुझाउनुपर्‍यो। गठबन्धनका सबै दलको चित्त बुझाएर सही निर्णय गर्छु भन्नुभएको छ’।

उनीहरुले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर पनि आफू पनि भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने पक्षमा रहेको भन्दै सभापति देउवालाई पनि भेटेर ध्यानाकर्षण गराउन भनेका थिए।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *