The Mirror
चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले पहिलो जित हात पारेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा एमालेका विकास थापा विजयी भएका छन्।
विकास थापाले १६६६ मत पाउँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार भरत प्रसाद लामिछानेले १०४९ मत पाए।
नेपाली कांग्रेसको गढ भनेर चिनिने भरतपुर महानगरपालिकाको वडा नम्बर-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको हो।
यो वडामा कांग्रेसबाट उम्मेदवार तोक्ने क्रममा ठूलो विवाद भएको थियो। वडा समितिले वडा सभापति तारामित्र पण्डितलाई वडाध्यक्षमा सिफारिस गरे पनि क्षेत्रीय समितिले उनलाई अस्वीकार गरेको थियो।
क्षेत्रीय समितिका सभापति लामिछानेले आफैं वडाध्यक्षको उम्मेदवार बनेका थिए। त्यसपछि पण्डितले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।
निर्वाचनको केही दिन अघि मात्रै पण्डितले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए। सहमतिमा उनी पछाडि हटे पनि मतपत्रमा भने सहमतिको प्रभाव देखिएन।
यो वडामा मेयर पदका कांग्रेसका बागी जगन्नाथ पौडेलले ६४८ भोट ल्याए। यो यहाँ खसेको कुल मतको २० प्रतिशत हो।
यो वडाको मत गनेर सकिँदासम्म भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले ३ हजार ९४४ र रेनु दहालले ३ हजार ८९४ र जगन्नाथ पौडेलले १ हजार ५७२ मत ल्याएका छन्।
[ref-setopati]
अन्तमा यो पनि…