sun and halo

भरतपुरमा एमाले र राप्रपाबीच चुनाबी तालमेल हुनसक्ने

National News News

The Mirror

भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा छलफल भइरहेको राप्रपा स्रोतले जनाएको छ।

राप्रपा स्रोतले भन्यो, ‘यस विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको नेतृत्वसँग छलफलमा हुनुहुन्छ, सहमतिको अन्तिम चरणमा छौं, उपमेयरसहित केही वडाध्यक्ष साथ एमालेसँग तालमेल हुन्छ’।

एमालेले यसअघि नै विजय सुवेदीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको सचिवालय बैठकले ५ महागरपालिकाको मेयर तथा ३ उपमेयरको नाम टुंग्याएको छ।

एमालेले काठमाडौं, पोखरा र ललितपुर महानगरपालिको मेयर र उपमेयरको अन्तिम टुंगो लगाए पनि भरतपुर र वीरगन्जमा मेयरमात्रै टुंग्याएको हो।

वीरगन्जमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल गर्ने निर्णय यसअघि नै भइसकेको छ।

शनिबार साँझ भएको बैठकपछि एमालेका प्रचार विभागमा प्रमुख पृथ्वीसुब्बा गुरुङले भरतपुरमा उपमेयर तोकिन बाँकी रहेको जानकारी सञ्चारकर्मीहरुलाई गराएका थिए।

[ref-ekantipu]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *