nepali congress

भरतपुरमा कांग्रेसका २५ वडा सभापतिको निर्णय-रेनुलाई साझा उम्मेदवार नमान्ने, मेयर नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार

National News News

The Mirror Desk

चितवनको भरतपुर महानगरपालिकामा रहेका कांग्रेसका सबै वडा सभापतिहरूले आगामी चुनावमा मेयरको टिकट कांग्रेसले पाउनु पर्ने निर्णय गरेका छन्।

मंगलबार जिल्ला पार्टी कार्यालयमा भरतपुरका २९ मध्ये २५ वडाका कांग्रेस सभापतिको बैठक बसेको थियो। उक्त बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावमा भरतपुरको मेयर कांग्रेसले पाउनु पर्ने र नपाए विद्रोह गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी एक सभापतिले भरतपुरको मेयरको टिकट अरू दललाई दिने निर्णय केन्द्रले गरेर पठाए आफूहरूले नमान्ने बताए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पनि पर्ने भरतपुरको मेयरमा उनकी छोरी रेनु दाहाल निर्वाचित भएकी थिइन।

माओवादीले अहिले पनि भरतपुरको मेयर आफैंले राख्न चाहेको छ। चितवन कांग्रेसका नेताहरूले भने भरतपुरको मेयर आफूले पाउनु पर्ने भन्दै लबिङ गरिरहेका छन।

वडा सभापतिहरूले गरेको निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइसकेको जानकारी काँग्रेस चितवनले दिएको छ। चार वडाका सभापति प्राविधिक कारणले बैठकमा नआए पनि निर्णयमा उनीहरूको समर्थन रहेको काँग्रेस चितवनले जनाएको छ।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *