The Mirror
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन। रेणुले एमालेका विजय सुवेदीलाई ६ हजार ६६६ मतान्तरले पछि पारेकी छन।
हालसम्म ८० हजार १० मत गणना गर्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ३१ हजार ६७६ मत प्राप्त गरेकी छन भने त्यस्तै एमालेका विजय सुवेदीले २५ हजार १० मत पाएका छन।
त्यस्तै गरि स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन्। त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ३४ हजार ८६ मतका साथ अग्रता कायम राखेका छन् भने राप्रपाकी हिमला गुरुङले १९ हजार ४९५ मत प्राप्त गरेकी छन।
कांग्रेसका अधिकारी राप्रपाकी गुरुङ भन्दा १४ हजार ५९१ मतले अगाडि रहेका छन। हालसम्म भरतपुर महानगरको वडा नम्बर १ देखि १६ सम्मको मत गणना भइसकेको छ भने अहिले समय वडा नम्बर १७ र १८ को मत गणना भइरहेको छ।
[ref-news24]
अन्तमा यो पनि…