Renu Biajya

‘भरतपुरमा रेणु निकै आगाडी, भेटाउलान त सुबेदीले’

National News News

The Mirror

पछिल्लो अपडेट अनुसार…

भरतपुर महानगरपालिकाको गठबन्दनकी मेयर पदकी उम्मेदवार रेनु दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भन्दा ३ हजार भन्दा बढी मतले अग्रता लिएकी छन।

भरतपुरमा ३९ हजार ९६१ मत गनेर सकिंदा रेनुले १५ हजार १६२ मत पाएकी छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार १३६ मत पाएका छन।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत पाएका छन्।

उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ। उनले १७ हजार ५३५ मत पाएका छन। उपमेयरको अर्का प्रत्यासी राप्रपाकी हिमला गुरुङले ९ हजार ७३२ मत पाएकी छन।

वडा नम्बर ९ को २ हजार ९४१ मत गणना हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १ हजार २८६ मत पाएका छन। नेकपा एमालेका उम्मेदवारको पक्षमा ९५९ मत आएको छ।

वडा नम्बर १० को ७ सय मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवारले ३३० र नेकपा एमालेका उम्मेदवारले २३५ मत पाएका छन।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *