nepali congress

‘भरतपुरमा रेनु दाहाललाई कांग्रेसले भोट हाल्न सक्दैन’:- काँग्रेस नेता चन्द्र भण्डारी

National News News

The Mirror Desk

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले स्थानीय तहमा जबर्जस्ती गठबन्धन र बहुलट्ठी भागबन्डाले आफ्नो पार्टीलाई ठूलो घाटा लाग्ने बताएका छन।

अहिले सबै स्थानीय तहमा जबर्जस्ती गठबन्धनको कुरा आएको भन्दै उृनले त्यसले स्थानीय तहलाई विचलित र अप्ठ्यारोमा पारिदिएको बताए।

उनले भने, ‘अनावश्यक द्वन्द्व निम्त्याएको छ, यसले सही दिशा सक्दैन, हामीले सिंहदरबारले तल्लो तहलाई चिनेन भनेर स्थानीय तहको व्यवस्था गरेका हौं, स्थानीय तहलाई नै आफ्नो नेतृत्व छनोट गर्न किन नदिने’?

काठमाडौंको एउटा कोठामा बसेर गरिएको भागबन्डाले कांग्रेस पार्टी नै समस्यामा पर्ने भन्दै उनले भने, “काठमाडौंमा पाँच जना नेता बसेर गरिएको क्राइटेरिया जनताले कसरी मान्ने रु जहाँ गठबन्धन आवश्यक छैन, त्यहाँ जबर्जस्ती किन लाद्ने ? यस्तो क्रियाकलापले कांग्रेसको एउटा तप्का निराश हुन्छ, पार्टी छाडेर जान्छन् । त्यसैले नेताहरुले बहुलट्ठी निर्णय लागू हुन्छ भन्ने छैन’।

साथै उनले कार्यकर्तालाई सन्तुष्ट नबनाईकन गरिएको गठबन्धन सफल नहुने ठोकुवा गरे । भण्डारीले भने, “कांग्रेस कार्यकर्ताले ५ दलको होइन, कांग्रेसको निर्णय मान्ने हो ।

भरतपुरमा रेणु दाहाल त उठ्नु होला । तर भोट त कांग्रेसले हाल्नुपर्ला नि । आफ्ना कार्यकर्ताहरुलाई सन्तुष्ट नभईकन कसरी गठबन्धन सफल हुन्छ रु यस्तो कुरा शेरबहादुरजी, प्रचण्डजीलाई कसले सम्झाउने रु काठमाडौंको एउटा कोठामा बसेर गरेको बहुलट्ठी भागबन्डा मान्नुपर्छ भन्ने छैन ।”

[ref-nepalesetimes]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *