The Mirror
भरतपुर महानगरमा कांग्रेसको एकल बहुमत भएको छ। ३९ सदस्यीय कार्यपालिका सदस्यमा २३ जना कांग्रेसका सदस्य छन।
कांग्रेसबाट १६ जना वडाध्यक्ष छन्। स्वतन्त्रबाट निर्वाचित एक जना पनि कांग्रेस प्रवेश गरेका छन्। उपप्रमुख र नगर कार्यपालिका सदस्यमा निर्वाचत पाँच जनासहित कार्यपालिकामा बहुमत पुगेको हो।
त्यस्तै निर्वाचित महानगर सभामा १५० सदस्यमा उपप्रमुखसहित ७८ जना कांग्रेसका छन्।
नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले भने, ‘गठबन्धन चुनाव लड्दा स्पष्ट बहुमत पाएको छ, अब कांग्रेसको टोली महानगरको विकासमा लाग्नेछन्, यसले पार्टीको सांगठानिक विकासमा पनि मद्धत गर्छ’।
नगरकार्यपालिको निर्वाचनमा सत्ता साझेदार पाँच दलीय गठबन्धनका तर्फबाट विजयी भएकामध्ये कांग्रेसका पाँच जना छन्। भरतपुरमा गठबन्धनका सबै उम्मेद्वारहरु निर्वाचित भएका हुन्।
महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसकी नर्वदा सापकोटा, शारदा पोखरेल, सिर्जना अधिकारी र सुकमाया विक र नेकपा (माओवादी केन्द्र)की बिना नेपाली निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिए।
एमाले र राप्रपाको गठबन्धनबाट खुला सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको थियो। महिलातर्फ पाँचै जनाको उम्मेदवारी थियो।
[ref-annapurna]
अन्तमा यो पनि…