prachanda

‘भरतपुर हामीलाई दिने सहमति भइसकेको छ, दायाँ बाँया नगरौ’:- प्रचण्ड

National News News

The Mirror Desk

आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाको नेतृत्व आफूहरुलाई दिने विषयमा गठबन्धनभित्र सहमति भइसकेको दाबी गरेका छन।

माओवादीलाई भरतपुर महानगरपालिकाको नेतृत्व दिने विषयमा सबैजसो दल तयार भएको बताउदै सहमतिबाट नभाग्न समत उनले सबैसंग आग्रह गरेका छन्।

६ वटा महानगरपालिकामध्ये माओवादी केन्द्रले एउटा महानगरपालिका पाउनु स्वभाविक भन्दै प्रचण्डले त्यसमा जुन सजिलो हुन्छ त्यही लिनु उचित हुने बताए।

६ वटा महानगरपालिकामध्ये आफूहरुलाई भरतपुर नै उपयुक्त हुने उनको भनाइ छ। उनले भरतपुर महानगरपालिकाको मेयर चाहिन्छ भनेर आफूहरुले अडान नराखेको पनि दाबी गरे।

उनले भने, ‘भरतपुर नै नभई भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला, काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ’।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *