The Mirror Desk,
काठमाडौँ, प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्न भएको भन्दै १७ वर्षीय किशोरलाई सार्वजनिक गर्यो। तर, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी छन्। अभियुक्त दाबी गरिएका किशोरलाई देखाएर प्रहरीले हत्यारा लुकाउने प्रयास गरेको अभिव्यक्ति भागरथीकी आमा द्रौपदी भट्टले दिएकी छन्।
भागरथीकी आमा द्रौपदी भट्टले भनिन, ‘घटना भएको दिन (दिनेश) चार बजे घाम छँदै घर आएको हो, उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधे उसले देखेन भन्यो, आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ, उ त भागरथीको भाइ हो मेरो छोरो पर्छ, बाजे–बाजे भाइ हुन्, छोरी जेठी हो उ कान्छो हो, उभन्दा छोरी ठूली थिइ, एक्लैले कसरी मार्यो भागरथीलाई? मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे’।
उनले प्रहरीले हत्यामा संलग्न रहेको दाबी गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका किशोर दिनेश भट्ट एक्लैले भागरथीको हत्यानै गरेको भए उनलाई पनि मार्नुपर्ने समेत माग गरेकी छन्। “कि त त्य ले मैले एक्लै मारेको भन्छ भने त्यसको पनि हत्या गर्नुपर्छ,” भागरथीकी आमाले भनेकी छन्।
द्रोपतीले छोरी भागरथीले न्याय नपाउँदासम्म शव नबुझ्ने पनि बताएकी छन्। उनले भनिन, “जहिले सम्म मेरो छोरीले न्याय पाउँदिन, तबसम्म म शव पनि बुझ्दैन, अब मेरी छोरीले न्याय पाउँदिन भन्नेमा म ढुक्क छु, न्याय नपाएपछि मैले बाच्नुको अर्थ छैन, म पुलिस चौकी अगाडि गएर मर्दिन्छु’।
[ref-lekhajokha]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020