The Mirror Desk,
काठमाडौँ, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता मुकेशकुमार सिंहले दिएको जानकारी अनुसार बिहीबार केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भागरथीको भजाइनल स्वाबको डिएनए रिपोर्ट प्राप्त भएको छ। उक्त डिएनए रिपोर्ट अनुसार घटनाका अभियुक्त १६ वर्षीय किशोरको डिएनएसँग म्याच भएको छ।
भागरथीको हत्यामा संलग्न भन्दै प्रहरीले उनकै भाइ नाता पर्ने एक १६ वर्षीय किशोरलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको थियो। बीचमा अभियुक्तका आफन्तले घटनालाई अन्तै मोड्न उनले बयान फेरेको बताए पनि यो प्रमाणले पनि उनैलाई दोषी देखाएको प्रहरीको भनाइ छ।
उनले ‘रिसइबी’ का कारण भागरथीको बलात्कार र हत्या गरेको भनी प्रहरीसमक्ष बयान दिएका थिए। बैतडी दोगडाकेदार गाउँपालिका-७ का ति युबक भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन्।
[ref-setopati]
अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस…
जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’
उनले बोलेको कुरा यो भिडियोमा…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons