Rajan Thapa, KTM,
काठमाडौँ, बहिर्गमित जनमुक्ती सेनाले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ निवासी १७ वर्षीय किशोरी भागरथी भट्टको यहि मिति २०७७ माघ २२ गते भएको बिभत्स हत्याको हत्यारालाई तत्काल कार्बाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। सो समुहले लेखेको ज्ञापन पत्र यस्तो छ।
मिति :- २०७७ माघ २८ गते
माननीय गृहमन्त्री रामबहादुर थापा बादल ज्यु
नेपाल सरकार गृहमन्त्रालय सिंहदरबार ,काठमाडौ
विषय :- ज्ञापनपत्र सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ निवासी १७ वर्षीय किशोरी भागरथी भट्टको यहि मिति २०७७ माघ २२ गते विद्यालयबाट घर फर्किदै गर्दा बलात्कार पछि गरिएको बीभत्स हत्याको आज यतिका दिनसम्म पनि राज्यले अपराधी पत्ता लगाउन र कानुनी कठघरामा ल्याउन नसकेको प्रती हाम्रो संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल अत्यन्तै चिन्ताका साथ नेपाल सरकार लाई गम्भीर ध्यानाकर्षण गर्दछ । एक किशोरीमाथि भएको क्रुरतापुर्वक बलात्कार र हत्याको हाम्रो संगठन घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त घृणित कार्य गर्ने अपराधीलाई चाँडोभन्दा चाँडो पक्राउ गरि कडाभन्दा कडा कार्वाही गर्न र पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति दिलाउन नेपाल सरकार सँग जोडदार माग गर्दछ ।
विगत लामो समयदेखि बलात्कार ,हत्या ,हिंसा ,एसिड आक्रमण ,यौन दुर्ववहार ,चोरी डकैती ,भय ,त्रास ,धम्की लगायत अपराधीक घटनाहरु देशमा दिनानुदिन एकपछि अर्को गरि बढिरहनु र विगतमा घटेका घटनाहरु आजसम्म पनि किनार नलाग्नु ले राज्य र पुलिस प्रशासन प्रति जनता विश्वस्त हुन नसक्ने अवस्था सृजना भएको छ । कतै न्याय त मर्दैन ? भन्ने आशंकाहरु तमाम जनतामाझ पैदा भएको छ । नेपालको संविधान २०७२ ले नेपाली नागरिकलाई प्रत्याभूत गरिएको स्वतन्त्रता ,समानता ,न्याय जस्ता मौलिक हक अधिकार प्रदान गरेको परिप्रेक्षमा विगतका घटनालाई हेर्दा सम्पूर्ण नागरिकहरुले न्याय नपाउने अवस्था सिर्जना हुँदै छ राज्यका लागी यो हदैसम्मको लजास्पद विषय हो । कारण पटकपटकका सत्ता संचालक र राज्य गैरजिम्मेवार बन्नु ,अपराधी लाई राजनीतिक संरक्षण गर्नु ,खुकुलो कानुन बनाउनु र नियम कानुन नै पैसामा किनबेच गर्नु हो। त्यसैले यस्ता किसिमका रवैयादेखि राज्यका जिम्मेवार व्यक्तिहरु सचेत हुन र सम्पूर्ण नेपाली नागरिकलाई न्यायदिलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्न हाम्रो संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
धन्यवाद !
इन्चार्ज :- असिम आङबुहाङ्ग लिम्बु ( सुनिल )
अध्यक्ष :- रमेश बसेल ( करन )

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon
धेरै राम्रो लाग्यो सर अझै राम्रो गर्दै अगाडि बड्नुहोस शुभकामना हजुरहरुको सम्पुर्ण युनिट लाई
Thank you so much sir for your valuable comment and support. Please stay with us for the update around the globe.