The Mirror Desk,
काठमाडौँ, बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षिया भागरथी हत्या प्रकरणमा आरोपित दिनेश भट्टले आफ्नो बयान फेरेको कुरा दिनेशका बुवा दिपक भट्टले जनाएका छन्। आइतबार महेन्द्रनगरमा आयोजित एक पत्रकार सम्मेलमा अभियुक्त दिनेश भट्टका बुवा दिपक भट्टले भागरथी हत्या प्रकरणमा दिनेश अपराधी नभएको भन्दै बयान फेरेको बताएका हुन्।
दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको र डराइ धम्क्याएर साबिती बयान दिन लगाएको उनका बुवा दीपकराज भट्टले बताए। उनीहरुले बुवा र भाइलाई मार्ने धम्की दिएर अपराध स्वीकार्न लगाएको दिनेशको आरोप छ।

पहिले हत्या स्वीकार गरिस्, फेरि अहिले यस्तो किन भन्दैछस् आफूले भन्दा उसले हत्यारालाई देखेको र कसैलाई बतायो भने मारिदिन्छु भनेका कारण आफूले झुटो बोलेको बताएको अभियुक्तका बुवा दीपकप्रसाद भट्टले बताउनुभयो। तर, यसअघि भने दिनेशले आफूले हत्या गरेको स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरिएको थियो। सरकारी वलिकको कार्यालय बैतडीमा बुबा दिपकराज भट्टकै अगाडि आरोपितले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका थिए।
आफूले विद्यालयबाट घर फर्कने बेला भागरथी दीदीलाई मारेको देखेको र कसैलाई भनेमा तिम्रो बुवा र भाईलाई समेत मारिदिन्छु भन्ने धम्की दिएपछि आफूले झुटो बोलेको दिनेशले बताएको उहाँले बताउनुभयो। भागरथीको हत्या गर्ने एकजनालाई आफूले चिनेको समेत दिनेशले दाबी गरेको उनका बुवाले बताएका छन्।
[ref-news24]
अन्तमा यो पनि हेर्नुहोस…
अमेरिकामा एक नेपाली चालक माथी आक्रमण…
शुभाखर खड्का माथि भएको आक्रमणको यो भिडियो हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons