भाग्यमानी एलिजा, पाइन् ‘पपुलर मोडेल’ अवार्ड, गरिन् दोस्रो फिल्ममा सम्झौता [फोटो सहित]

Entertainment

The Mirror Desk,

काठमाडौँ, शनिवार राजधानीमा आयोजना गरिएको ”स्पर्श म्युजिक अवार्ड २०२०” समारोहमा बरिस्ठ पत्रकार ऋषि धमला पत्नी तथा अभिनेत्री/मोडेल एलिजा गौतमले ‘पपुलर मोडेल’ को अवार्ड हात परिन। ‘अनुराग’ नामक फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी एलिजाले अभिनयबाट खासै सफलता प्राप्त गर्न नसके पनि म्युजिक भिडियोमा भने पछिल्लो समय निकै जमेकी छन। अवार्ड जितेपछि उनले अझै जाँगर र जिम्मेवारी थपिएको प्रतिक्रिया दिईन। ‘जीवनमा पहिलो पटक सम्मानित भएकोमा आफूलाई भाग्यमानी ठानेकि छु’ उनले थपिन। पछिल्लो समयमा उनी कलाकारिता सँगै समाजसेवामा पनि निकै सक्रिय रहेकी छन।

त्यसै गरी उनको लागि अर्को खुसीको खबर छ। ‘अनुराग’ नामक फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी गौतम दोस्रो फिल्ममा पनि देखिने भएकी छन्। दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्मका लागि उनले सम्झौता गरिसकेकी छन्। यो नयाँ फिल्ममा एलिजा मात्र पक्का भएकी छिन्। उनले यो फिल्ममा आफु फरक र सशक्त भूमिकामा देखिने बताइन।[फोटो सहित]

दीपक श्रेष्ठको नयाँ फिल्ममा सम्झौता

तस्बिरहरु-एलिजाको फेसबुक

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *