22 covid patients died in india as oxygen runout in hospital

भारतको एक हस्पिटलमा अक्सिजन लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु [तस्बिर सहित]

International News News

The Mirror Desk

भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा एक निकै दुखद घटना भएको छ। त्यहा स्थित एक हस्पिटलमा अक्सिजन भएको ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचार गराइरहेका २२ जना बिरामीको मृत्यु भएको छ।

‘नासिक म्युनिसिपल कर्पोरेशन’ भन्ने संथाले चलाएको उक्त हस्पिटलमा उपचार गराइरहेका २२ जना बिरामी कोरोना संक्रमित भएको र अक्सिजनको हुदा बुधबार मृत्यु भएको आफन्तहरूले बताएका छन्।

उक्त हस्पिटलमा दुखद घटना भएको महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बताए। उनले भने, ‘बिरामीहरूलाई अक्सिजन दिइरहेको ट्यांक लिक हुँदा उनीहरूलाई अक्सिजन कमी भएको कारण २२ जना बिरामीले ज्यान गुमाएका छन् र उक्त घटनाको अनुसन्धान सुरु भैसकेको छ’।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निकै तीव्र रुपमा फैलिरहेको छ। कोरोना भाइरसबाट सबभन्दा नराम्रो संग प्रभावित राज्य महाराष्ट्र हो।

oxygen leaking
oxygen leaking
oxygen leaking

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *