भारतमा कोरोन भाइरसका दुई खोपलाई तत्कालका लागी अनुमति, तेस्रोको परिक्षण हुदै

International News News

The Mirror Desk,

काठमाडौँ, हाम्रो छिमेकी देश भारतको औषधि नियामकले दुई वटा कोरोना भाइरस {कोभिड-१९} विरुद्धका खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति प्रदान गरेको छ। ती खोपहरू मध्य एक अक्सफर्ड विश्वविद्यालयले विकास गरेको र अर्को भारत मै निर्माण गरिएको कोभ्याक्सिन रहेका छन्। कोभ्याक्सिन भने भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर तयार पारेको हो। निकै ठुलो जनसंख्या रहेको भारतले यो वर्ष ३० करोड मानिसहरूलाई खोप दिने योजना सार्बजनिक गरेको छ।

उक्त निर्णयपछि ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले डीसीजीआईको कदमलाई ‘निर्णायक मोड’ भनी निकै प्रसंसा गरेका छन्। उनले ती खोपहरुले आफ्नो देशलाई कोरोनामुक्त बनाएरै छाड्ने दाबी गरे। अक्सफर्डले तयार परेको खोपलाई स्थानिय रूपमै भारतको सेरम इन्स्चिच्युटले उत्पादन गरिरहेको छ। उसले हरेक महिना ५ करोड डोज उत्पादन गर्ने योजना सार्बजनिक गरको छ। भारतमै कैडिला हेल्थकेयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको परिक्षणका लागि अनुमति दिइएको बताइएको छ।

[ref-bbc]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *