fire at corona hospital in india

भारतमा गुजरातको एक कोरोना अस्पतालमा आगलागी हुदा १२ बिरामीको मृत्यु

International News News

The Mirror Desk

भारतबाट एक निकै दुखद खबर प्राप्त भएको छ। भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन।

भरूचको वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको त्यहाँका प्रहरी एसपी राजेन्द्रसिह चुडास्माले जानकारी दिएका छन्। आइसियुमा विद्युत सर्ट भएर आगो लागेको एसपी चुडास्माले जानकारी दिए।

अस्पतालका अनुसार उपचाररत १२ बिरामीले ज्यान गुमाएका छन्। आगलागीमा परेर कयौं बिरामीहरू गम्भीर घाइते भएका छन्।

आगलागी पछि वेलफेयरमा उपचार गर्न सम्भव नभएपछि अहिले ५० कोरोना संक्रमणका बिरामीलाई अर्को अस्पतालमा सारिएको छ।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *