Nepal Oil Corporation

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलको मूल्य घटेर आयो

Business National News News

The Mirror Desk,

हामीलाई भर्खरै प्राप्त समाचार अनुसार भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १६ मा पठाएको मूल्यसूचीमा पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ।

आयल निगमका अनुसार पेट्रोलको भाउ घटेर आए पनि डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि भएको छ।

नयाँ मूल्यअनुसार प्रतिलिटर डिजेलको मूल्य २ रुपैयाँ २ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर ०.३८ पैसा बढेको निगमले जनाएको छ। यसअघि अप्रिल १ मा भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाललाई पठाएको थियो।

यस बारेमा बिस्तृत विवरण आउन बाकीनै छ। हामीसंगै रहनु होला।

[ref-news24]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *