The Mirror Desk,
नयां दिल्ली, आइपिएल क्रिकेटको सिजन २०२१ को लागी नेपालको तर्फबाट जम्मा ८ खेलाडी दर्ता भएका छन्। शनिबारसम्म दर्ताको अन्तिम म्याद रहेकोमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका हुन्। आइपिएलका यो सिजनका लागि नेपालबाट ८ खेलाडीसहित बिश्वभरीबाट गरी जम्मा १ हजार ९७ खेलाडी दर्ता भएका छन्। जसमा जसमा ८१४ जना भारतीय खेलाडी छन्। यसको लागी अक्सन १८ फेब्रुअरीमा चेन्नईमा हुनेछ। दर्ता भएका खेलाडीहरु मध्ये २७ जना एसोसिएट देशका छन्।
आइपिएल २०२१ मा नेपालका युवा स्टार लेगस्पिनर सन्दीप लामिछाने नयाँ टिममा आबद्ध हुन सक्ने अनुमान सबैतिर गरिएको छ। सन्दीपलाई दिल्ली क्यापिटल्सले यहि सिजनदेखि रिलिज गरेको थियो। अब टिममा आवश्यक पर्ने खेलाडी अक्सनबाट लिनु पर्नेछ।

[ref-setopati]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon