‘भारत-चीन’ सीमानामा भिषण भिडन्त,सयौ सैनिक घाइते

International News News

The Mirror Desk,

काठमाडौँ, भारत-चिन सिमानामा फेरि पनि भिडन्त भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुवै तिरका सैनिकबीच विवादित सीमामा सङ्घर्ष हुदा दुवैतर्फका गरी सयौ सैनिकहरु घाइते भएका छन्। उक्त भिडन्त उत्तरी सिक्किममा ३/४ दिन अगाडी भएको बताइएको छ। सीमानामा भएको भिडन्तपछि उक्त ठाउमा दुई देशका सैनिकहरुबीच तनाव भैरहेको छ।

गत जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले त्यस बारे औपचारिक रुपमा केही बोलेका थिएनन्। गत वर्षा मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए। भारत र चीनका सैनिकहरू साना भिडन्तमा हतियारहरु प्रयोग गर्दैनन्। धेरै नजिक भएभने मुक्का-मुक्की गर्छन।

सन् १९९६ को सहमति अनुसार ”लाइन अफ एक्चूअल कन्ट्रोल’ अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन्……विस्फोटक सामग्री प्रयोग गर्ने छैनन् वा बन्दुक तथा बारुदको प्रयोग गर्ने छैनन्’ भन्ने कुरा उल्लेख गरिएको छ।

[ref-bbc]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *