भारत भन्छ:-‘संसद पुर्नस्थापना प्रजातन्त्रको विजय, अस्थिरता भने कायमै हुने’

National News News

The Mirror Desk,

काठमाडौँ, नेपालमा सर्वाेच्च अदालतले संसदको पुनर्स्थापना गरेको घटनालाई एक भारतीय विज्ञले नेपालमा प्रजातन्त्रको विजय भएको भनी टिप्पणी गरेका छन्। भारत–नेपाल मामिलाका विज्ञ डा. निहार आर नायकले सो निर्णयले नेपालका संस्थाहरु प्रजातान्त्रिक मुल्य र मान्यताको रक्षा गर्न सक्षम छन् भन्ने देखिएको प्रतिक्रिया दिए। उनले यसलाई राम्रो संकेतको रुपमा व्याख्या गरे। यद्यपि, नेपालमा राजनीतिक अस्थिरता भने केहि समयसम्म कायमै हुने उनले बताए।

नेपालका लागि एक पूर्वभारतीय राजदूतले प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वाेच्चमा परेको रिट नेपालको प्रजातन्त्र र संवैधानिक गभरनेन्सका लागि परीक्षा भएको प्रतिक्रिया दिए। उनले भने, ‘सर्वाेच्च अदालतको निर्णयले संविधान र कानुनी शासनको सिद्धान्तलाई सुदृढ गरेको छ र यसले नेपालमा दीर्घकालीन राजनीतिक स्थायित्वको आधार सिर्जना गर्नेछ’।

त्यसै गरी, भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले नेपालमा प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको निर्णय राम्रो खबर भएको बताएका छन्। भारतको माथिल्लो सभा राज्य सभाका सदस्य समेत रहेका उनले नेपालका प्रजातान्त्रिक नेताहरु आफ्नो सम्पर्कमा रहेका र प्रजातन्त्र पुर्नवहाली हुने आशा समेत रहेका बताएका छन्। उनले भनेका छन्, ‘अब भारत–नेपाल सम्बन्धमा सुधार आउने छ’।

[ref-onlinekhabar]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *