भिटेनको पछिपछी किन लागिरहेको छ राज्य? के उनी गलत छन? उनको अपराध के हो?

Entertainment National News News

साइबर ब्युरोले पक्राउ गर्न पत्र पाएको  ५ दिनपछि आफूलाई पक्राउ गर्ने आदेश रोक्का गरिपाउँ भन्दै र्‍यापर समिर घिसिङ (भिटेन) अदालत पुगेका छन् । भिटेन पक्राउ गर्ने आदेश राेक्का गरिपाउँ भन्ने निवेदनसहित उच्च अदालत पाटन पुगेको बताइएको छ ।

पारा बोलको म्युजिक भिडियो युट्युवमा अपलोड गरेपछि सोही गीतको बिषयमा गुनासो आएको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गरि अनुशन्धान गर्न साईबर ब्युरोलाई पत्र पठाएको थियो ।

त्यसपछि उनले एक बिज्ञप्ति जारी गर्दै माफी मागेका थिए । उनले सो गीत युट्युवबाट हटाइसकेको र त्यसलाई परिमार्जन गरेर मात्र पुन अपलोड गर्ने प्रतिबद्धता जनाएका थिए । उनको पारा बोलको गीतमा अपशब्द, अस्लिल र प्रहरीका साथै महिलालाई पनि गाली गरेको भन्ने गुनासो आएको प्रहरीको भनाइ छ ।

”उच्च अदालत पाटनको अन्तरिम आदेश- भिटेनलाई पक्राउ नगर्नू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *