भिड जम्मा गर्ने प्रतिस्पर्धामा दुवै समुहले देशको ढुकुटी रित्याईरहेका छन्:- चित्र बहादुर केसी

National News News

The Mirror Desk,

काठमाडौँ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्ति प्रदर्शन भन्दै दुवै समुहले गरेको भिड जम्माको प्रतिस्पर्धामा सरकारी ढुकुटीको व्यापक दुरुपयोग भएको बताएका छन्।

उनले ओलीले विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्त गर्दै गइरहेको समेत असन्तुस्ट ब्यक्त गरे। उनलाई प्रधानमन्त्रीलाइ आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध नभएको समेत बताए। अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उनले आफ्नो कदमलाई सही ठहर्‍याउन र आफ्नो पार्टीबाट फुटेकाहरूलाई चुनौती दिन उनकै भाषामा शक्ति प्रदर्शन गर्न राष्ट्रिय कोष रित्याइरहेका छन्’।

पूर्वउपप्रधानमन्त्री समेत रहेका जनमोर्चा अध्यक्ष केसीले दुवै समुहले सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक निकायलाई दवाव दिन लागेको बताएका छन्। उनले भने, ‘सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक र स्वायक्त निकायहरूलाई अनुचित तरिकाले प्रभाव पर्न प्रयत्न गरेका छन्’। प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमविरुद्ध अझै एकीकृत र सशक्त आन्दोलन आवश्यक रहेको भन्दै उनले संयुक्त आन्दोलनको आह्वान गरेका छन् । नेपाली कांग्रेस, नेकपा प्रचण्ड–माधव पक्ष, जनता समाजवादी पार्टी, विभिन्न संगठन, संस्था, नागरिक समाज लगायतले संयुक्त कार्यक्रम गर्नुपर्नेमा उनको जोड छ।

यसरी आफ्नो आफ्नो नाममा रास्ट्रको पैसाको दुरुपयोग हुनु निकै दुखद रहेको पनि उनले बताए। सत्तासिन पार्टीको झगडाले देशनै संकटमा फसेको प्रति चिन्ता ब्यक्त गरे।

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *