The Mirror
शुक्रबार बिहान करिब पौने ५ बजेदेखि ठप्प भएको पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका-४, साँखर ड्याममा सडक भाँसिएपछि अवरुद्ध राजमार्ग एकतर्फी सुचारु भएको छ।
उक्त राजमार्ग दिउँसो १ बजेपछि एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सडकको कुनातर्फ भित्ता सामान्य रुपमा काटेर फालेपछि साना सवारी पास भएका छन भने ठूला सवारी साधनहरुलाई भने प्रवेश दीइएको छैन।
सडक भाँसिदा बा १० च ४६७९ नम्बरको कार, ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएको खबर छ। घट्नामा दुई पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।

मृतमध्ये एकजनाको पहिचान खुलेको छ। उनी गोरखा सिरानचोक गाउँपालिका वडा नं ५, स्थायी घर भई हाल जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. २ बस्ने ३५ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकार दिए।
उनका अनुसार अर्को शवको हालसम्म सनाखत हुन सकेको छैन। शवलाई अहिले जिल्ला अस्पताल दमौलीमा ल्याइएको छ। बा ३३ प १०८१ नं को मोटरसाइकल बेपत्ता भएपनि चालक र मोटरसाइकलमा सवार व्यक्ति सकुशल रहेको प्रहरीको भनाइ छ।
[ref-annapurna]
अन्तमा यो पनि…