The Mirror Desk,
काठमाडौं, आज बाट संसद्को बैठक सुरु भएको छ। यसै बिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रचण्ड-नेपाल’ समुहका नेता भीम रावललाई संसद्मा कुन पार्टीको तर्फबाट उफ्रिएको हो आफुले चिन्न नसकेको भन्दै ब्यङ्ग गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो समूहको संसदीय दलको बैठकमा रावल माथि यस्तो कटाक्ष गरेका हुन्।ओलीको प्रश्न थियो ‘अहिले बैठक जारी छ, भीम रावल संसद्को बैठकमा कुन पार्टीको तर्फबाट उफ्रिरहेका रहेछन्’?
प्रधानमन्त्री ओलीले आफ्नो समूहको संसदीय दलको बैठकमा सम्बोधन गर्दै सभामुखप्रति आक्रोश ब्यक्त गरेका छन्।बैठकमा प्रधानमन्त्रीले भने, ‘हतास मानसिकतामा रहेर सभामुखले कसरी संसद् चलाउन सक्लान्, म सिकाउँछु अब उहाँलाई संसद् चलाउन तर यस्तो स्थिति नल्याउन उहाँ आफैँले स्वीकार गरेर अघि बढ्नुपर्छ’।
सर्वोच्च अदालतको आजको फैसलालाई स्वागत गर्दै प्रधानमन्त्रीले आगामी दिनहरुमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन। पार्टी एकताका क्रममा देखिएका कमीकमजोरीलाई सच्च्याएर अगाडि बढ्ने र एकतालाई नयाँ आधारमा अगाडि बढाउने विषयमा प्रधानमन्त्रीले गम्भीर भएको बताइएको छ।
अन्तमा यो पनि…
माओबादी जनयुद्धमा अलकाइदाले हतियार त तालिम दिन्थे…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons