भुसाल र पाण्डे पनि एमाले बाट निस्काशन [पत्र सहित]

National News News

The Mirror Desk,

प्रधानमन्त्री वा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा (एमाले) का नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाको लागि पार्टीबाट निस्काशन गरेका छन्। केहि दिन अगाडी नेता माधव नेपाल र भिम रावललाइ पनि यस्तै आरोपमा पार्टीबाट निस्काशन गरिएको थियो।

गत चैतको ७ गते केन्द्रीय कमिटी बैठकले माधव नेपाल, भीम रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए।

दुवैले १७ गते स्पष्टीकरण पठाएका थिए। स्पष्टीकरणमा पार्टी एकतालाई विखण्डन गर्ने, अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार प्रस्तुत गरेको भन्दै अध्यक्ष ओलीले दुवैलाई पार्टी सदस्यबाटै ६ महिना निलम्बन गर्ने निर्णय गरेका हुन्।

कारबाहीको पत्र हेर्नुहोस

What did Baburam Bhattarai say about monarchy?

Please watch this video …

“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond” – The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *