biplop

भोलि विप्लवको नेपाल बन्द, के के छन माग? [बिज्ञप्ति सहित]

National News News

The Mirror

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली नेपाल बन्दको घोषणा गरेको छ।

पार्टीको केन्द्रिय कार्यक्रम अनुसार एक दिने बन्दको घोषणा गरिएको पार्टी दाङ इन्चार्ज शितल वलीले जानकारी दिए।

तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पर्जुी जारी, एमसीसी, भ्रष्टाचार, महंगीका बिरुद्धमा दाङ सहित देशैभर बन्दको घोषणा गरिएको इन्चार्ज वलीले बताए।

बन्द बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म हुने छ। पार्टीले उठाएका एजेन्डालाई गठबन्धन सरकारले सम्बोधन नगरे अनिश्चितकालिन बन्द समेत गरिने वलीले चेतावनी दिए।

बन्दको समयमा अस्पताल, होटल, चियाखाजा घर, एम्बुलेन्स, प्रेस, लगाएतका अत्यावश्यक सवारी साधन संचालन गर्न दिइने पनि जनाईएको छ।

प्रेसको दुरुपयोग धेरै भएकाले बास्तविक पत्रकार हो होइन भन्ने विषयमा भने अलि निगरानी बढाउने इन्चार्ज शितलले बताए।

बन्दमा सार्वजनिक सवारी साधन, उद्योगधन्दा, स्कुल, कलेज सबै भन्द गरिने पार्टीले जनाएको छ ।

[ref-ganatantranepal]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *