The Mirror
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सांसद तारा जिसीले मूल्यवृद्वि तत्काल खारेज गर्न माग गरेकी छन। उनले महंगीले सीमा नाघेकोले सर्वसाधारणले कसरी जीवन गुजारा गर्ने हो भनी प्रश्न पनि गरिन।
लुम्बिनी प्रदेशको बजेट अधिवेशनलाई बुधबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन्।
उनले भनिन, ‘जनताले वेलेटबक्समा मत खसाल्ने बित्तिकै पेट्रोलियम पदार्थमा सर्वसाधारणको ढाड सेकिने गरि २–२ पटक गरिएको मूल्यवृद्वि तत्काल खारेज गरियोस’।
सांसद जिसीले व्यवस्था संघीयता जस्तो खर्चिलो रोज्ने र त्यसलाई धान्न दैनिक जसो मूल्यवृद्धि गरेर सरकारले जनजीवनमा निराशा र संशयको वातावरण पैदा गरेको आरोप लगाईन। उहाँले पाँच वर्षे अवधिमा प्रदेशले गर्व गर्न लायक एउटा पनि काम नगरेको बताईन।
उनले प्रश्न गरिन, ‘भष्टाचार, सेटिङ, माफिया तन्त्र, सिन्डिकेट यो देशकै प्रमुख समस्या हो, यो हामी सबैलाई जानकारी छ, यसलाई रोक्न प्रदेश बनेपछि जनताले सुन्ने गरि, बुझ्ने गरी वा अनुभव हुने गरी के गर्यो, हामीले यो पाँच वर्षमा नेतृत्व गरेका दुवै सरकारले जनतालाई जवाफ दिने केही छ’।
संघ, प्रदेश र स्थानीय तहले गर्ने कामको सीमा निर्धारण भएपनि सत्ता स्वार्थ र भोट बैंकको लागि एक लाख सम्मको बजेट पनि प्रदेश सरकारले विनियोजन गर्ने गरेको उहाँले आरोप लगाईन।
सरकारको कार्यशैली प्रति कटाक्ष गर्दै उनले भनिन, ‘यो टोल विकास संस्था हो कि प्रदेश सरकार’।
पिछडिएको क्षेत्रलाई पनि समानताको अनुभूति हुने गरि सन्तुलित विकास नीति र गुणस्तरीय कार्यको थालनी गर्न उनले आग्रह गरिन।
[ref-yugdarshan]
अन्तमा यो पनि…