E.SHARMA,
लण्डन, नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी गरिरहेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। सानो १.८ किलोग्राम तौल भएको उक्त हेलिकप्टरलाई वैज्ञानिकहरूले ‘इन्जेन्युटी’ नाम दिएका छन्। अहिले यो हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष यान पर्सिभरेन्सको रोभरभित्र छ।
वैज्ञानिकहरुका अनुसार अहिले रोभरले हेलिकप्टरको उडान हुने ठाउँमा काम गरिरहेको छ। रोभरभित्र रहेको हेलिकप्टर सतहमा आएपछि इन्जेन्युटीले पृथ्वीको ३१ दिनभित्र पहिलो उडान गर्ने छ। पर्सिभरेन्सले केही दिनअघिमात्रै इन्जेन्युटी हेलिकप्टरको उडानपछि अवतरण हुने ठाउँमा उसलाई जोगाउन चाहिने सामान राखिसकेको छ।
मंगल ग्रहमा हेलिकप्टर उडाउनु पृथ्वीको उडानभन्दा निकै कठिन छ। मंगल ग्रहमा पृथ्वीको एक तिहाइ जति गुरूत्व बल छ तर वायु मण्डलको घनत्व पृथ्वीको सतहको घनत्वको १ प्रतिशतमात्र छ। दिउँसो मंगल ग्रहले पृथ्वीमा आउने सूर्यको तापभन्दा आधामात्र ताप पाउँछ राति भने यहाँको तापक्रम माइनस ९० डिग्री सेल्सियससम्म पुग्न सक्छ। जुन तापक्रमले सुरक्षा कवज नभएका इलेक्ट्रिक सामानलाई खराब बनाइदिन सक्छ।

उडानमा हुँदा यसमा जडान भएको क्यामेराले खिचेका तस्बिर रोभरले पृथ्वीमा पठाउने वैज्ञानिकहरूले अपेक्षा गरेका छन्। पहिलो उडान सफल भएपछि वैज्ञानिकहरूले मंगल ग्रहमा अरू पनि उडान गर्नेछन्। सतहबाट उडेपछि इन्जेन्युटी ४.५ मिटर माथिसम्म जाने छ र ९० सेकेन्डसम्म उड्ने छ।
उडानअघि यसलाई १०-१० मिटरको एयरफिल्डको बीचमा राखिने छ। वैज्ञानिकहरूले केही अवरोध नहुने त्यस्तो ठाउँ खोजेर हेलिकप्टरलाई रोभरबाट निकालेर राख्नेछन्। अर्को ग्रहमा पहिलो पटक यस्तो उडान गर्न लागेका वैज्ञानिकहरूलाई यो प्रक्रिया पछाडि फर्किने विकल्प छैन। रोभरबाट हेलिकप्टर मंगल ग्रहको सतहमा छोड्न नै ६ दिन ४ घन्टा लाग्नेछ।
[ref-bbc]
अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस…
जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’
उनले बोलेको कुरा यो भिडियोमा…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons