The Mirror
अहिले स्थानीय चुनाबको परिणाम आइसकेको छ र काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र बालेन शाह निर्बाचित भएका छन्। निर्बाचित भएसंगे उनले कार्यभार पनि समालिसकेका छन्।
यसै क्रममा भर्खरै मात्र एउटा समाचार बाहिर आएको छ, जुन हो मतगणना चल्दै गर्दा मेयर बलेन शाह एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निबास गएका थिए।
काठमाडौँ महानगरपालिकाको मेयरको मतगणना चल्दै गर्दा नवनिर्वाचित मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको तस्बिर सार्वजनिक भएको छ। यस भेटबारे अहिलेसम्म दुवै पक्षले कुनै पनि कुरा बाहिर ल्याएका थिएनन।
भेटका क्रममा बालेनको समूहले लिएको तस्बिर मंगलबार मात्र सार्वजनिक भएको हो। याे तस्बिर एमालेकी सांसद शान्ता चौधरीले आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गरेपछि दुई पक्षबीच चुनावी तालमेल भएको हुन सक्ने चर्चा सुरु भएको छ।
चुनावको समयमा बालेन पक्षसँग भेट भएको दुबै पक्षले पुष्टि गरेका छन्।
यो तस्बिर बाहिर सार्बजनिक भएसंगे धरै प्रश्नहरु उठिरहेका छन्।
[ref-nagarik]
अन्तमा यो पनि…