The MIrror
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले चुनाव नजित्ने अवस्था आए मतपत्र च्यात्न र चपाउन सक्ने भन्दै तिखो टिप्पणी गरेका छन्।
एमाले पाेखरा नगर कमिटीले आयाेजना गरेकाे चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्।
उनले तिखो टिप्पणी गर्दै भने, ‘गठबन्धनले भोटले जित्ने होइन, अघिल्लो पल्ट भरतपुरमा हामीले देखेका छौँ, हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन त्यसकारण हामी मतदान दिनदेखि मतगणना नसकिँदासम्म नसुती बस्नु पर्दछ, आँखा झिमिक्क पनि गर्नु हुँदैन, गठबन्धन भोटले नभइ धाँधली र मतपत्र च्यातेर नतिजा आफ्नो पक्षमा पार्न लागि परको उनको आरोप छ।
कार्यक्रममा सम्भोधन गर्दै ओलीले सत्ता-गठबन्धन झाडीमा जन्मिएको टिप्पणी समेत गरे। उनले गठबन्धनका नेताहरू आफ्नालाई भोट नदिए देश दुर्घटनामा पार्ने धम्की दिँदै हिँडेको भन्दै देउवाले कांग्रेसको बेहाल बनाएको दाबी पनि गरे।
उक्त सभामा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सङ्गठन विभाग प्रमुख खगराज अधिकारी, सांसद विद्या भट्टराई, पोखराका मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयरकी उम्मेदवार मन्जुदेवी गुरुङ लगायतले सम्बोधन गरेका थिए।
[ref-ujyaaloo]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team
Online Shopping को लागी तलको लिंक क्लिक गर्नुहोला
https://www.safestgatetocontent.com/f749zhj2c?key=6503492a64c7c3f237d12c9e64a0de5e