uml

मनाङ र मुस्ताङमा एमाले विजयी

National News News

The Mirror

मनाङ

मनाङको चामे गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ।

चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका हुन्। उनले ३२० मत ल्याएका छन्। उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याए। घले यसअघि पनि चामे गाउँपालिकाको अध्यक्ष थिए।

मुस्ताङ

मुस्ताङमा नेकपा एमालेले जीतको खाता खोलेको छ। जिल्लाको घरपझोङ गाउँपालिका १ को वडा अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन।

जम्मा १५४ मत खसेको वडामा १४९ मत सदर भएको भएको थियो। जसमा अध्यक्षमा विजयी एमालेका उम्मेदवारले १०६ मत प्राप्त गरेको जनाईएको छ।

प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले भने ४३ मत प्राप्त गरेको छ। घरपझोङ गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यहाँ वडा सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए।

[ref-ujyaaloo and news24]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *